ऊर्जामन्त्री रायमाझी दम्पतिलाई कोरोना संक्रमण,
बैशाख १४ ,काठमान्डौ – ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी , उनकी पत्नी र परिवारका थप ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ ।अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो ।