स्वास्थ्यकर्मीलाई विदा नदिन स्वास्थ्य मन्त्रायलको पत्राचार ,

बैशाख १४ ,काठमान्डौ – स्वास्थ्य मन्त्रालयले लामो विदा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरून्त कार्यालयमा हाजिर हुन भन्दै पत्राचार गर्ने निर्णय गरेको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाएको । तेस्तै विदामा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तुरून्त कार्यालयमा हाजिर हुन भनिएको छ।

यस्तै कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन पनि पत्रमा जानकारी गराईएको हो । कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि अस्पतालमा सेवालिन आउने सक्र्मैतहरिको लागि यस्तो निर्णय गरिएको केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले जानकारी दिए।

अस्पतालको दरबन्दीअनुसार कुनै पद रिक्त रहे तत्काल जनशक्तिको व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भन्दा बढी जनशक्ति आवश्यक भए ६ महिनाको लागि करार सेवामा लिने व्यवस्था मिलाउन मन्त्रालयले पत्राचार गरेको हो।