बालिका खड्काको विषयमा किन महिलाकर्मी बोल्दैनन के छ रहस्य ,

काठमान्डौ १९ ,काठमान्डौ – बालिका खड्काको विषयमा कुनैपनि महिलाकर्मीहरुले आवाज उठाएनन ,बालिका खड्काले मुख्यमन्त्री शेरधन राईले आफुमाथि पटक- पटक यौनजन्य क्रियाकलाप गरेको भन्दै सामाजिक सञ्जालमा बोल्दै आईरहेकी छिन ।

बालिका खड्कालाई शेरधन राईले बिहे गर्छु भन्दै बर्षौ पहिलेबाट संगै कोठामा राखेको उनले बताउदै आएकि छिन। वैशाख ९ गते नेकपा एमालेको मुख्यालय थापाथलीमा बालिका खड्काले मुख्यमन्त्री शेरधन राईलाई गालि बेजती गरेकी थिइन्। जसको आधारमा प्रहरीले उन्लैई पक्राउ गरेको थियो।

राईलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बालिका खड्काको मुद्दामा आइतबार थुनछेक बहस हुँदैछ । बालिकालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतले बताएक छन्।

टके आरोपी भएको हुनाले उनको मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको हो । अभद्र व्यवहार मुद्दामा पहिलो पटक पक्राउ गरिएका आरोपीको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ । सो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

बालिका खड्काले बर्षौ पहिलेदेखि शेरधन राईले यौनजन्य क्रियाकलाप मात्र हैन संगै राखेर छोडेको भन्दै आरोप लगाउदै आएपनि शेरधन राईमाथि कुनै छानबिन भएन।

नेपाल सरकारको उच्च पदस्तम बसेको कुनैपनि ब्याक्तिको नैतिकतामाथि दाग लाग्ने प्रश्न उठेमा राजिनामा दिनुपर्ने हुन्छ। तर राईलाई बालिकाले लगाएका आरोपहरु युटुबमा हजारौ छन् तरपनि राईले राजिनामा दिएनन नत उनलाई कसैले राजिनामा दिन दबाबनै दियो।

पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि सचिवालयकि एक कर्मचारीले दुर्ब्यबहारको आरोप लगाएपछि उनले सभामुखबाट राजिनामा दिएका थिए। ,