रेम्डिसिभिर औषधि कालोबजारी गर्ने एक जना प,क्राउ,
वैशाख २३ ,काठमान्डौ – कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट प,क्राउ गरेको छ ।
गोरखाको आरुघाट गाउँपालिका,४ घर भई काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मियालाई प्रहरीले महाराजगन्जबाट प,क्राउ गरेको बताएको छ ।
१ सेट (६ पिस) रेम्डिसिभरको ३० हजार पर्ने औषधिलाई १ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा महाशाखाको टोलीले मियाँलाई पक्राउ गरेको महानगरी अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङले बताए ।
प,क्राउ, परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडि निलकण्ड लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् । फर्माका ढकाल हाल फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ । मियाँलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ ।