एमाले नेपाल समूहका सांसद संसद् सचिवालयमा ,
वैशाख २६ ,काठमान्डौ – नेकपा एमालेका नेता माधव कुमार नेपाल झलनाथ खनाल समूहका सांसदहरु संसद् सचिवालयमा पुगेका छन्। राजीनामा दिने चर्चा चलिरहेका बेला आइतबार दिउँसो ३ बजेदेखि संघीय संसद् सचिवालय सिंहदरबारमा उनीहरु जम्मा हुन थालेका छन् ।
आज बिहानै देखि नेपाल खनाल पक्षका सांसदहरु छलफलमा थिए। एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, नेता योगेश भट्टराई पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, लगायतहरु सचिवालय पुगेका छन् ।
कोभिड संकटको बेला नेता नेपाल ले आफूपक्षिए सांसदहरुसंग भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यहरुसँग समूह–समूहमा छलफल गरेका एक नेताले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।