माधव नेपाललाई भेट्न पुगे विष्णु पौडेल र सुवास नेम्वाङ,नेपालले भने अहिले बैठक चलिरहेको छ ,

वैशाख २६ ,काठमान्डौ – नेकपा एमालेका नेता माधव कुमार नेपाललाई भेट्न प्रधानमन्त्री ओलीले आफूनिकट नेता विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका छन्।

विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ नेपाललाई भेट्न अहिले सिंहदरबार पुगेका छन् । माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाएका हुन् ।

नेपाल पक्षका सांसदहरु कोहि संसद् सचिवालयमा पुगेका छन् भने कोहि सिंहदरबारमा छन्। नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न पुगेका छन्।

तर नेपाल पक्षले भने भेट्ने समय दिएको छैन। सांसदहरुको बैठक सकेर भेट्ने समय दिएको श्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले भोलि विश्वको मत लिदै छन् ,त्यो अगाडीनै नेपाल पक्षले राजिनामा गर्ने बताएको हो।