अस्पतालले भर्ना लिन नमानेपछि सल्यानका पुरुषको एम्बुलेन्समै ज्यान गयो ,

वैशाख २६ ,सल्यान – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले एम्बुलेन्समा ल्याईएका सल्यानका एक पुरुषलाई भर्ना अलिना नमान्दा एम्बुलेन्समै ज्यान गएको छ।

अस्पतालमा भर्ना लिन नमान्दा छत्रेश्वरी गाउँपालिका २ का ४९ वर्षीय पुरुषको एम्बुलेन्समै मृ,त्यु भएको हो । रुघाखोकी र ज्वरोबाट ग्रसित भएका ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि आफन्तले उपचारका लागि प्रतिष्ठान पुर्‍याएका थिए ।

कोरोनाका बिरामीले बेडखालि नभएको भन्दै अस्पतालले भर्ना लिन नमानेपछि उनलाई फिर्ता गर्दा एम्बुलेन्समा बाटोमै ज्यान गएको आफन्तले जनाएका छन्। बिरामीको स्वास्थ्य अवस्था निकै जटिल रहेको र भर्ना लिईदिन आग्रह गर्दापनि अस्पतालले भर्ना लिन मानेन।

,बिरामीलाई फर्काएर छत्रेश्वरी गाउँपालिको भोटेचौरमा सञ्चालित आइसोलेसन लागिएको थियो। तर त्यहाँ पुर्याउदा उनको मृ,त्यु, भइसकेको आइसोलेसनमा कार्यरत डा. प्रोसेस सिंहले बताए । मृ,तकमाथि चेक गर्दा उनीमाथि कोरोना पोजेटिभ देखिएको उनले बताए।