उपत्यकामा थपिए ४ हजार १९८ संक्रमित ,

वैशाख २६ ,काठमान्डौ – आज काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ३ हजार १६१ जना काठमाडौँमा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।

तेस्तै आज देशभरमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ ।गत पछिल्लो २४ घण्टामा नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घन्टामा देशभरबाट ५२ जना संक्रमितको निधन भएको छ ,मन्त्रालयका अनुसार अन्य २६ मृतकको तथ्यांक प्राप्त भएपछि मर्नेको संख्या आज ७८ पुगेको हो। यस्तै आज ४ हजार २२ जना निको भएर डिस्चार्ज भएका छन् ।यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।