Simta
Gurvakot
Gurvakot

टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित

वैशाख २८ ,काठमान्डौ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालले मंगलबार सूचना सार्वजनिक गर्दै विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको हो ।

अस्पताल श्रोतका अनुसार किट अभावले गर्दा पीसीआर परिक्षण बन्द गरेको बताएको छ। अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको बताएपनि मुख्यसमस्या किटको रहेको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।

Simta

किट आइसकेपछि कोरोना परीक्षण सुरु गर्ने अस्पतालले जनाएको छ । विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ ।

 

lekbesi