काठमान्डौमा सुरु भयो कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज
जेठ २ ,काठमान्डौ – काठमाडौंमा आइतबारदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिएको छ । यो अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुने छन्।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाका ३३ वटै वडामा खोप लगाइँदै छ यो अभियान जेठ ११ गतेसम्म चल्ने छ ,।
खोप लगाउन जाँदा पहिलो डोज लगाएको कार्ड देखाएर तोकिएको ठाउँमा खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।यो अभियानमा १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी हुनसक्नेछन्।