उपत्यकामा २,४११ जनामा कोरोना संक्रमण फेला
जेठ ७ ,काठमान्डौ – पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै आज देशभरबाट ८६०७ जनामा संक्रमण पुष्टि भएको पाईएको छ ।
गएको २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो पछि कुल मृतकको संख्या ६ हजार २४ पुगेको मन्त्रालयको तथ्याङ्क छ।