संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु

जेठ ८ ,काठमान्डौ – सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन पाँच दलका शीर्ष नेता छलफलमा जुटेका छन्।

बानेश्वरस्थित संसद भवन बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् ।

उनीहरूले शुक्रबार सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन पेश गरेका १४९ जनाको हस्ताक्षरसहित अदालत जाने तयारी गरिरहेका छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छिन ।