स्काभेटरले सुर्खेत उपत्यकामा आउने पानीको मुख्य पाइपमा क्षति पुर्याएको छ
जेठ २१ , सुर्खेत ।
शनिबार बेलुका बाटो निर्माण गर्न लागेको स्काभेटरले सुर्खेत उपत्यकामा आउने पानीको मुख्य पाइपमा क्षति पुर्याएको छ । झुप्रा खोलास्थित मुहानबाट पानी ल्याइएको मुख्य पाइप तीन ठाउँमा क्षति पुर्याएको हो ।प्रतिसेकेण्ड ७६ लिटर पानी आपूर्ति हुँदै आएको झुप्रा खोलाको उक्त पाइपलाइनलाई स्काभेटरले सिरेनी भन्ने ठाउँमा फुटालेको छ । ४८ घण्टामा एकपटक पानी आउने वीरेन्द्रनगरका धाराहरूमा पाइप स्काभेटरले फुटालेपछि समस्या पैदा भएको हो ।
रतु–पारेगाउँ सडक निर्माण उपभोक्ता समितिले सडक निर्माण गर्न स्काभेटर लगाएको थियो।
उक्त सडक निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले ५ लाख रकम विनियोजन गरेको थियो । स्काभेटरलाई सडक साँघुरो भएकाले फराकिलो बनाउने लाग्दा पाइपलाइनमा प्वाल परेको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर गाहाले स्वीकारे । पहिलो प्वाल पर्दा पछि ल्याउन आफूले चालकलाई भनेको तर चालकको लापरवाहीका कारण तीन ठाँउमा प्वाल परेको उनले आरोप लगायका थिय ।
सुर्खेत खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाले सजिलो ठाउँमा पनि पाइपलाइन ध्वस्त पार्ने कार्य गैरजिम्मेवार रहेको आरोप लगाएका छन्। यस्ता गैरजिम्मेवार कामलाई संस्थाले सहेर नबस्ने भन्दै लागत खर्च नतिरे कानूनी बाटोमा जाने बताएका छन् । विभिन्न निर्माण कम्पनी हुन वा उपभोक्ता समिति हुन विकासे कार्य गर्दा खानेपानी जस्तो महत्वपूर्ण संरचना भत्काउने कार्य खेदजनक अध्यक्ष देवकोटाले बताए।
बारम्बार नगर क्षेत्र तथा बाहिर रहेका उपभोक्ता समिति तथा अन्य निर्माण कम्पनीले पाइपलाइनलाई नै तारो बनाएर खानेपानी अभाव गराउने गरेको वीरेन्द्रनगरका रती सिजापतिले आरोप लगाए ।चालकलाई संवेदनशील भएर स्काभेटर चलाउन बारम्बार आग्रह गर्दा नटेरेको स्थानीयले समेत आरोप लगाएका छन।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकालाई खानेपानी वितरण गर्दै आएको ‘सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समिति’का इन्जिनियर बालाराम तिवारीले ३ सय एमएमको पाइपलाइनमा क्षति पुगेको र क्षति पुगेको ठाउँमा पाइप मर्मत गर्न ३ लाखभन्दा बढी रकम खर्च हुने जानकारी दिएका थिय ।
पाइपलाइनको पुनर्निर्माण कार्य जारी रहेको र आइतबार साँझसम्म उपत्यकामा खानेपानी आइसक्ने संस्थाले जनाएको थियो ।
सुर्खेत खानेपानी उपभोक्ता संस्थाले सुर्खेतका करिब डेढ लाख बढी नागरिकका लागि खानेपानी आपूर्ति गर्दै आएको छ।