चिनियाँ समकक्षी सीलाई राष्ट्रपति भण्डारीको फोन :कोरोना खोपमा सहजीकरण गरिदिनु पर्यो
जेठ १२ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिनलाई नेपाललाई खोप खरिदमा सहजीकरण गरिदिनका लागि आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारी र सी बीच बुधबार दिउँसो करिब ४० मिनेट कुरा भएको थियो । कुराकानीमा उनले नेपालमा कोरोनाको दोस्रो लहर चलेको र कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नेपाललाई थप खोप आवश्यक रहेकोले खरिदको लागि सहजीकरण गरिदिन अनुरोध गरेकी हुन् ।
जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।