गोरखा बारपाक स्थानीयका घर घरमा पुगेर एन्टोजिन परिक्षण सुरु

जेठ १६ ,गोरखा – गोरखा बारपाक सुलिकोटमा बिरामीहरुको एन्टोजिन परिक्षण सुरु भएको छ। बिशेष गरि गोरखाको बारपाक सुलिकोट वडान १ र २ कोरोनाका जस्तै लक्षणबाट स्थानीय बिरामी छन्।

सुलिकोट गाउँपालिकाको पहलमा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, गोरखा जिल्ला अस्पताल र गाउँपालिकाको स्वास्थ्य शाखा सहितको संयुक्त टोलीले अहिले सो क्षेत्रलाई प्राथमिकतामा राखेर एन्टोजिन परिक्षण सुरु गरेको छ।

बारपाकमा जेठ १४ गते ७२२ जनाको एन्टोजिन परिक्षणगर्दा ५८ जना र १५ गते २३० जनाको एन्टोजिन मध्ये २५ जनामा पोजेटिभ देखिएको थिय। त्यस्तै स्वास्थ्य निर्देशनालयले ३४२ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि पोखरा पठाएको छ ।

केहिदिन यता गोरखामा कोरोनासंग मिल्द जुल्दा लक्षणले स्थानीय त्रसित छन्। बारपाकमा झन्डै ५ हजारको सघन बस्ति छ। बारपाक अहिले झन्डै एक हजार बढी स्थानीय सो लक्षणले प्रभावित बनेका छन् भने १३ जनाको मृत्यु भईसकेको छ।

अहिले गाँउपालिकाको समन्वयमा स्वाथ्यकर्मीहरु गाँउ गाँउमा पुगेर एन्टोजिन परिक्षण सुरु गरेका छन् भने बिरामीलाई आवस्यक परामर्श गरिएको छ। यस्तै माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ पनि गृह जिल्ला पुगेर प्रमुख जिल्ला अधिकारी नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानक प्रमुखहरुसँग छलफलमा जुटेका छन् ।

त्यस्तै गाँउपालिका अध्यक्ष बिष्णु भट्टले सबै नागरिकले अफ्तेरो नमानी कोरोना परिक्षण गर्न सरसल्हा दिएका छन् भने वडा अध्यक्षहरुको टिम स्वास्थ्यकर्मी सहित सहित घर घरमा परामर्श र परिक्षणमा जुटेको छ।