सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्दा योगेश भट्टराई असन्तुष्ट
जेठ १६ काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले भनेका छन् एेतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ ।
अन्यथा बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्ने भट्टराईले प्रतिक्रिया राखेका छन् ।बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिएका थिए ।