उज्वल थापाको स्वास्थ्य अवस्था जटिल ECMO प्रविधिबाट उपचार

जेठ १६ ,काठमान्डौ – विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको पारिवारिक श्रोतले जनाएको छ।

थापाको अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उपचार भैरहेको मिलनपाण्डेले बताए । यो भन्दा गाडी उनको ह्याम्स, ग्रान्डी अस्पतालपनि उपचार गरिएको थियो।

अहिले अस्पताल र अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजनले बताएका छन्।

चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको छन् ।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले सामाजिक संजाल मार्फत जानकारी गरेका छन् ।

यो भन्दा अगाडी उल्वल थापाको उपचार खर्च दुर्गा प्रसाईंले व्यहोर्ने भनेपनि परिवारले अस्विकार गरेको थियो। कोरोना संक्रमित भएपछि थापाको करिब दुई हप्तादेखिअस्पतालमा उपचार भईरहेको छ।देश विदेशबाट आफन्त सुभेच्छुकले थापाको स्वस्थ्य लाभको कामना गरेका छन्।