प्रधानमन्त्रीलाई भेट्न महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

जेठ १७ ,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागीता हुनेबारे छलफल भईरहेको पनि स्रोतले जनाएको छ ।

प्रधानमन्त्री अ‍ोलीले जसपालाई पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ । जसपाले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा आजको छलफल केन्द्रीत हुने बुझिएको हो ।