surkhet

प्रतिनिधिसभा नियमावली २०७५ बहुमतले पारित फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने ,,

surkhet

जेठ २५ काठमाडौं –  शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले  ‘प्रतिनिधिसभा नियमावली, २०७५’ बहुमतले पारित गरेको छ। नियमावली मस्यौदा समितिका सभापति सांसद कृष्णभक्त पोखरेलले संसदमा उठेका प्रश्नको जवाफ दिएपछि निर्णायार्थ प्रस्तुत भएको नियमावली बहुमतले पारित भएको हो।

नियमावलीको दफावार छलफलमा सांसद प्रेम सुवाल र दुर्गा पौडेलको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै सभापति पोखरेलले निर्णायार्थ पेशगरेको ‘प्रतिनिधिसभा नियमावली, २०७५’ बहुमतले पारित भएको हो।

Gorkha

यो नियमावली पारित भएसँगै फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने भएको छ। यद्यपी संसदको सेवा सुविधाबाट भने बन्चित गरिने व्यवस्था नियमावलीमा गरिएको छ।

Dailekh

सभापति पोखरेलले जवाफ दिएपछि यशोदा गुरुङ, पूर्णकुमारी सुवेदी, मिनेन्द्रप्रसाद रिजाल, नरबहादुर धामीले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

संसदको अर्को बैठक जेठ २७ गते आइतबार बिहान ११ बस्ने गरी शुक्रबारको बैठक स्थगित भएको छ।

salyan