अध्यक्ष उपेन्द्र यादवले सोधे ओली नेतृत्वमा मन्त्रि बनेका ९ जनालाई स्पष्टीकरण
जेठ ३१ काठमाडौं – जसपाका अध्यक्ष उपेन्द्र यादवले काम चलाउ सरकारका प्रधानमंन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बनेका ९ जना नेतालाई स्पष्टीकरण सोधेका छन्।
पार्टीको नीतिविपरीत ओली सरकारमा सहभागी भएकाहरुलाई आइतबार स्पष्टीकरणको पत्र पठाइएको छ भने एक हप्ता भित्र स्पष्टीकरण माग गरिएको जसपा कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवले बताए।
यादवले मन्त्री भएका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टिकरण सोधेका हुन्।
यस अघि अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्य समेत नरहने गरि निष्कासन गरेका थिए।
लगत्तै अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका थिए। एक – अर्का पक्षले कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि निर्वाचन आयोगले अमान्य भन्दै अस्वीकृत गरेको छ।