बाढीले मनाङको सदरमुकाममा ६ घर बगायो

असार १, पोखरा – बाढीले मनाङको सदरमुकाम चामेमा ६ घर बगाएको छ ।जिल्ला प्रहरी कार्यालय मनाङले दिएको जानकारी अनुसार दुई वटा खोला बाट आएको बाढीले ६ घर बगाएको छ भने अन्य थुप्रै पसल पनि बगाएको छ ।

ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाएको जिल्ला प्रहरी कार्यलय मनाङका डीएसपी सुवास खड्काले बताए ।

उन्का अनुसार बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन अहिले पनि पानी निरन्तर परिरहेको छ ।

डीएसपी खड्काका अनुसार बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको छ ।यहाँ भएका सबै जनतालाई माडास्थित कारागारमा पुर्‍याएको छ । तर हामी नै बाढीको मारमा परिसकेका छौं उनले भने ।

लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ ।उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको डीएसपी खड्काले जानकारी दिएका छन ।