वाइसिएल नेपालको पेरिसडाँडामा बैठक : राहत लिएर सिन्धुपाल्चोक जाँदै
असार ३ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएल नेपाल बाढी पहिरो पिडितलाई राहत सिन्धुपाल्चोकतर्फ जान भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको वाईसीएल नेपालको बैठकले यस्तो निर्णय गरेको हो।
वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिप शिखा) केन्द्रिय टिमसहित राहतस्वरुप लत्ता कपडा भाँडा कुँडा खाद्यान्न लगेर भोलि बिहान सिन्धुपाल्चोक प्रस्थान गर्ने युवा नेता धिरज उपरकोटीले बताए।
केहि दिनदेखि परेको निरन्तर वर्षाले सिन्धुपाल्चोकमा मानवीय क्षति सहित अर्बौको धन जन क्षति भएको छ। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी उर्लिएर आएपछि हेलम्बु,२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा–३ का ६५ वर्षीया टीकामाया खड्का, ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, ६ का ३५ वर्षीया चेङा तामाङ र उनकी श्रीमती (नाम नखुलेको), चौतारा सागाचोकगढी नगरपालिकाका २३ वर्षीय समुद्र नेपाल बेपत्ता छन्।
उनीहरुको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए। बाढीले अवरुद्ध भएको विद्युत् आपूति सुचारु नहुँदा सञ्चारविच्छेद भएका कारण मेलम्ची बजारमाथिको अवस्था र क्षतिबारे थप विवरण अझै यकिन हुन सकेको छैन।
यस्तै बढीले मेलम्ची खानेपानी ड्याम बगाएको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोटे पुल तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल, क्रसरहरु सम्पूर्ण बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ ।