बाढी र पहिरो पीडितको उद्धार र राहतमा जुट्न सरकारसँग विपक्षी पाँच दलको संयुक्त विज्ञप्ति
असार ३ ,काठमान्डौ – बाढी पहिरो र डुबानमा परेका पिडित जनताको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनले सरकारसँग माग गरेको छ ।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै यस्तो माग गरेका हुन्।
इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं। साथै राहत तथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् ।
बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ,
‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं।
विज्ञप्तिमा भनिएको छ ,यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई हामी हार्दिक आह्वान गर्दछौ।