सिन्धुपाल्चोकको मेलम्ची बाढीमा भारतीय र चिनियाँसहित २० जना बेपत्ता
असार ३ ,काठमान्डौ – मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीलेले भारतीय र चिनियाँसहित २० जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ३ जना भारतीय नागरिक र तीन चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशाशन कार्यालय सिन्धुपाल्चोक प्रशाशकका अनुसार बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका,२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् ।
यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका,१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे पनि बेपत्ता छन् ।
भारतीय नागरिकमा कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपत्ता रहेको प्रशासनको सूचनामा उल्लेख छ ।
वेपत्ता मध्ये हालसम्म एक जनाको शव भेटिए पनि मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।