गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

असार ४ काठमान्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत प्राप्त गरेर आफ्नो मुख्यमन्त्री पद सुरक्षित गरेका छन् ।

मुख्यमन्त्री पाेखरेलले विश्वासकाे मत पाउँ भनी शुक्रबार प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए । उनकाे पक्षमा ३१ मत परेकाे सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए । पोख्रेललाई प्रदेश सरकार बनाउन ३० मतको आवस्यकता पर्छ तर उनले ३१ मत प्राप्त गरेका हुन्।

त्यसतै विश्वासकाे मतकाे विपक्षमा २७ मत परेको छ । प्रदेश सभामा सभामुखसहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री पोख्रेललाई नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद दिपक मनाङेले साथ् दिएका छन् ।