टाउकाको ओखती नाईटोमा लगाएर हुन्न :बाबुराम भट्टराई

असार ६ ,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।

यस्तै भट्टराईले टाउकाको ओखती नाइटामा लगाएर नहुने पनि सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।

नेता भट्टराईले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताए । कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’नरहनु १ कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है,’ भट्टराईले लेखेका छन् ।