हेलिकोप्टर चढेकै बेला दुइ मन्त्रीको पद गयो हेलिकोप्टरमा रोएको दृश्य

असार ८ ,काठमान्डौ – सर्वोच्च अद्लातले आज काम चलाउ सरकारले मन्त्रिपरिषद विसतार गर्न नपाउने भन्दै प्रधानमन्त्री केपी ओली सरकारका २० मन्त्रीलाई पदमुक्त गरेको छ।

जसमा दुई मन्त्री हेलिकोप्टर चढेकैबेला पद गुमेपछि सामाजिक सञ्जालमा निकै चर्चा देखियो। जसमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्ग रहेका छन्।

मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला सरकारका यी दुई मन्त्री हेलिकोप्टर चढेर सिन्धुपाल्चोक लागेका थिए ।

तर सर्वोच्चको फैसलापछि हेलिकोप्टरबाट काठमाडौं टेक्न नपाउँदै उनीहरुको मन्त्री पद गुमेको हो । गत असार १ गते मेलम्चीमा आएको बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो र तामाङ दिउँसो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ उडेका थिए ।

तामाङ सोही क्षेत्रका निवर्तमान सांसद समेत रहेका छन् । बाढी पिडितलाई खाने बस्ने थप सुविधा उपलब्ध गराउने आस्वासन दिएर फर्किरहेका दुई मन्त्री काठमान्डौमा नटेक्दै मन्त्रीपदबाट मुक्त भएका हुन्। उपप्रधान एवं शहरी विकास मन्त्री महतो र स्वास्थ्यमन्त्री तामाङ गत जेठ २१ गते मन्त्रीमा नियुक्त भएका थिए ।