रुकुम चौरजहारी

सन्तोषी सुब्बा हत्या प्रकरणका दोषी सार्वजानिक : बलात्कारको प्रतिकार गर्दा हत्या

रुकुम आठ विसकोट

असार १० काठमान्डौ – सन्तोषी सुब्बा हत्या प्रकरणका दोषीलाई प्रहरीले सार्वजानिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी ,१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना छन्। गत ६ गते उनले बलात्कार प्रयास गरेका थिए।

सन्तोषीले प्रतिकार गरेपछि हत्या गरिएको खुलेको हो। सन्तोषीले उक्त दिन आफूलाई बस्ने-खाने व्यवस्था नभएको बताएकी थिइन्।

हत्याराले आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनेर बसमा लगेपछि जबर्जस्ति गरेपछि प्रतिकार गर्दा सलले घाँटी कसेर हत्या गरेको र अनुहार नचिनियोस् भनेर जंगलमा लगेर अनुहार क्षतविक्षत गरेको खुलेको हो।

पक्राउ परेको हत्यारा सुरेश बसमा सहचालकको काम गर्थे ,सन्तोषीको हत्या पछि काठमान्डौमा आएर लुकिछिपी बसेका थिए। प्रहरीले उनलाई काठमाडौं २७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको गरेको थियो। थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

गत मंगलबार दक्षिणकाली नगरपालिका ७ मन्दिरकाे जङ्गल परिसरमा सुब्बाको शव मृत आवस्थामा फेला परेको थियो।