कोरोनाका बिरामी र कुरुवालाई सुरु गरेको रु ३० सहुलियत भान्छा घर आज देखि बन्द

साउन ११ बाँके – नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले कोभिड १९ का बिरामी र कुरुवालाई भनेर सुरु गरेको सहुलियत भान्सा घर आजदेखि बन्द गरिएको छ।

एमाले जिल्ला कमिटी बाँकेले जेस्ठ १ गते देखि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा सहुलियत भान्सा घर संचालन गरेको थियो।

कोभिडका बिरामी कुरुवालाई प्रतिछाक रु ३० देखि निशुल्क खाना मासु ,अन्डा, तातोपानी जाउलो खुवाऊने गरिएको सहुलियत भान्सा घर आज ४२ दिनमा बन्द गरिएको हो।

जिल्ला कमिटी बाँकेले हाल सम्म १२ हजार ६ सय जनालाई खाना खुवाएको पनि विज्ञप्ति मार्फत जानकारी गरेको छ। अभियालाई सफल पार्नेमा सहयोग गरेको भन्दै जिल्ला कमिटि बाँकेले नेकपा एमालेका बरिस्ठ नेता पूर्वप्रधानमन्त्री दोय माधव कुमार नेपाल र झलनाथ खनाललाई विशेष हार्दिक धन्यवाद गरेको छ ।

त्यस्तै यो अभियानमा सहयोग गर्ने देश देखि विदेशका सुभेच्छुक सहयोगी व्यापारिक संगठन युवा ,बुद्दिजिवि आम नागरिकमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ अध्यक्ष अशोक कोईरालाले हस्तक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि नेपालगंजको बाँके जिल्ला हटस्पोटमा परेको थियो। अहिलेभने जिल्लामा कोरोनाका संक्रमित कम देखिएका छन् भने मृत्युदर शुन्य रहेको छ।