थप २४७६ जनामा कोरोना संक्रमण पुष्टि २७ जनाको निधन
असार ११ ,काठमान्डौ – पछिल्लो समयमा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वस्थ्य तत्जा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३५१ जनाको पीसीआर गर्दा १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै गत २४ घन्टामा ५ हजार ४५५ कोरोनाका बिरामी संक्रमणमुक्त भएका छन्। २४ घन्टामा थप २७ जना कोरोनाका बिरामीको निधन भएको चाह भने हाल देशभर ४५ हजार ७९४ सक्रिय कोरोनाका बिरामी रहेको मन्त्रालयले जनाएको छ।
हाल सम्म नेपालमा कूल कोरोना संक्रमितको संख्या ६ लाख ३१हजार १५२ पुगेको छ भने ति मध्ये ५ लाख ७६ हजार ४१३ जना निको भईसकेका छन्। नेपालमा कोरोनाबाट निधन हुनेको कूल संख्या ८,हजार ९४५ पुगेको छ।