आफूले रुपा सुनारमाथि अन्याय गरेको भन्दै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले माफी मागे

काठमान्डौ- जातिय विभेदविरुद्द पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले माफी मागेका छन्।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मानवअधिकार आयोगसमक्ष पुगेर माफी मागेका हुन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएउदै माफी मागे ।

संचारकर्मी रुप सुनारलाई दलित भन्ने थाहा पाएपछि काठमान्डौ बबहरमहलकि सरस्वती प्रधानले कोठा भाडामा दिन स्वीकार गरेकी थिइन्। रुपाले उनिविरुद्द उजुर दिएपछि प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो।

पक्राउ परेर अनुसन्धान भईरहेको बेला सरकारमा रहेका शिक्षामन्त्री श्रेष्ठले पदको दुरुपयोग गर्दै प्रधानलाई प्रहरी चौकीमा गाई रिहा गराई आफ्नै गाडीमा लगेर गएका थिए। मन्त्री श्रेष्ठको चौतर्फी आलोचना र विरोध भएपछु उनले माफी मागेका हुन्।