रूपा सुनारलाई कारबाहीको माग गर्दै सरस्वती प्रधानले दिईन निवेदन
असार १६ ,काठमाण्डाै – जातीय भेदभाव तथा छुवाछुतकोआरोपमा अपक्राउ परेर रिहा भएकि सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमूलक तरिकाले फसाइएको भन्दै रूपा सुनारलगायतलाई कारबाहीको माग गरेकी छिन ।
सञ्चारकर्मी रुपा सुनारलाई कारबाहीको माग गर्दै बुधवार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकि हुन्। आफूलाई षड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनले आयोगमा निवेदन दिएकि हुन्।
रूपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने उनले माग राखेकी छिन् । असार १ गते रूपा सुनारले दलित भएको कारण कोठा नदिएको भन्दै उनले प्रहरी वृत्तमा उजुरी दिएसँगै प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अहिले उनि रिहा भएकि छिन्।
प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्टविना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, आपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरीविना फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरीत भएकाले कारबाही गरिनु पर्ने बताएकि हुन् ।
यस्तै रूपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मञ्जुर विना मेरो फोन रेकर्ड गरी त्यही प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिइ गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहीपूर्वक थुनाएको प्रधानको निवेदनमा उल्लेख छ ।
यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको पनि सरस्वति प्रधानले आरोप लगाएकि छिन् । घरधनी श्रीमान् र सासु भएको भन्दै आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पार्दै आफूलाई घरधनी भनी झुटा आरोप र जालसाजी गरेको उनले निवेदनमा उलेल्ख गरेकी छिन्।