रुकुम चौरजहारी

देश द्वन्दमा जाने खतरा बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

रुकुम आठ विसकोट

असार १६ ,काठमाण्डाै- अखिल क्रान्तिकारीले काठमाडौंको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

बुधबार अखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाएका थिए ।

जनताको सार्वभौम सत्ता लागू गर ,विद्या भण्डारी ,केपी ओली मुर्दावाद ,केपी ओली राजिनामा दे लगायतका नारा लगाउँदै उनीहरुले नारा लगाएका छन्। प्रधानमन्त्रीको पुत्ला दहन गर्दा प्रहरी र सहभागीहरुको केहि छिन् झडप सम्मत भएको छ। सरकारविरुद्द अहिले देशभरमा विरोध भईरहेको छ।