राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा
असार १७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।प्रधानमन्त्री नेकपा (एमाले) स्थायी कमिटी बैठक सकेर राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगेका हुन् ।
शीतल निवास स्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सुझाव लिने र पटक पटक संसद विघटन गर्ने गरेका छन्। प्रधानमन्त्री केपी ओलीका गतिविधिले अहिले नेकपा एमाले विभाजित भएको छ।