प्युठानमा युवक हत्या प्रकरण आरोपमा तीन जना प,क्राउ

असार १७ ,काठमान्डौ – प्युठानका हेमन्त पुनमगरको ह,त्या आरोपमा प्रहरीले तीन जनालाई प,क्राउ गरेको छ।हेमन्त प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे मृत अवस्थामा फेला परेका थिए भने उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

सुरेको भैरहवास्थित मेडिकल अस्पतालमा उपचार भइरहेपनि उनको अवस्था गम्भीर गर्नेको अस्पताल श्रोतले जनाएको छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ,उनको टाउकोमा गम्भीर चोट छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार हेमन्तको हत्या आरोपमा नेपानेका १७ वर्ष र १५ वर्षका बालक र मल्लारानी गाउँपालिका वडा नम्बर ३ धनुबाँसका १८ वर्षीय रेमबहादुर घर्तीलाई पक्राउ गरिएको हो ।

हेमन्तका दाइ रविन्द्र पुन मगरले दिएको जानकारी अनुसार अघिल्लो दिन उनीहरू आफ्नी दिदीको घरमा अपहिरोले भत्काएको गोठ बनाउन गएका थिए। दिदीको घरबाट फर्किएपछि ढेब्रि पसलमा बसेर रक्सी खाएका थिए। घर फर्किने क्रममा बाटोमा आरोपित तीन किशोरहरूसँग भेट भएको थियो।

त्यसपछि दुवैपक्ष बीच वादविवाद र गालीगलौज भएको थियो। विवादपछि रेमबहादुरले आफूलाई हेमन्तहरूले रिस उठाएको र कुट्नुपर्ने उनका साथीहरुलाई बता। हेमन्त र सुरेशलाई कुट्न भनी उनीहरू तीनै जनाले दाउरा लिएर कुरेर बसेकार रहेछन्। राति ९ बजे भेटेपछि कुटपिट गरेर आरोपितहरू भागेका थिए। भोलिपल्ट बिहान हेमन्त मृत फेला परेका थिए भने शुरेस अचेत भेटिएका थिए।