अब लगातार खोप आउने र लगाउने अभियान चल्छ प्रधानमन्त्री ओली

असार १९,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरसविरुद्धको खोप पर्याप्त हुने बताएका छन्। अब लगातार खोप आउने र लगाउनका लागि अभियान नै चलाइने उनको भनाइ छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा केही समय देखिएको समस्या समाधान भएको दाबी गर्दै ओलीले अब खोप लगाएपछि कोरोना सर्ने अवस्था नै सिर्जना नहुने बताए ।

केही हप्तामै सबैलाई खोप लागाउन सकिन्छ। सुरुमा जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि सबैलाई खोप लगाइने कपी ओलीले बताए ।