नाबालकले लगाएको चाँदीको बाला निकालेर ह,त्या गर्ने दुई १५ वर्षीय कोशोरी प,क्राउ
धनगढी – कैलालीमा नाबालक हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। टीकापुर नगरपालिका,१ का साढे ४ वर्षीय विवेक विष्टको हत्या गरि शव फ़ालेकॉ वास्थामा हिजी कुलोमा फेला परेको थियो।
बालकलाई जामुन खान लैजाने भन्दै लगेर गएका दिदि नाता पर्ने १५ वर्षीया किशोरी र ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घरायसी रिसिबीका कारण बालकको ह,त्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। ,
जामुन खाने भन्दै बालकलाई आफूसंग ति किशोरीले बालकलाई लगेको र खुट्टामा लगाएको चाँदीको बाला फुकालेर घर देखि करिब पाँच सय मिटर जमरा कुलोको किनारबाट धकेलेको किशोरीले स्वीकार गरिसकेको धिकारिले बताए।
यस्तै उनले घटना खुल्ने डरले साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको खुलेको हो। लम्कीचुहा नगरपालिका ६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बालकबाट निकालीएका चाँदीक बाल लुकाउन लगाईएको र बजारमा लगेर बेच्ने प्रयाससमेत गरेको देखिएको प्रहरीको भनाई छ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीको टीकापुर नगरपालिका १ ब्लकनं. ८ बाट दुई दिनअघि बेपत्ता ४ वर्षीय नाबालक विवेक बिष्ट हिजो बाघमारास्थित जमरा कुलोमा मृत अवस्थामा फेला परेका थिए ।