अन्तरजातीय प्रेम विवाह गरेका प्रकाश विश्वकर्मा र मालती रावललाई आ- आफ्नो घर पठाईयो
असार २७ ,कैलाली – कैलालीको भजनी नगरपालिका,४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलको अन्तरजातीय प्रेम विवाहमा औमेर नपुगेपछि प्रहरीले उनीहरुलाई आ आफ्नो परिवारको जिम्मा लगाएको छ।
विवाह गर्न २० वर्ष उमेर हुनुपर्ने कानुनी व्यवस्था छ ।मालती १८ वर्षीया र प्रकाश १९ वर्ष मात्र भएका कारण उनीहरु तत्कालका लागि अलग्गिएका हुन्। प्रकाशले भने उमेरपुगेपछि आफूहरु एक हुने बताए। अहिले उमेर नपुगेको भन्दै झुक्कायएर मालतीलाई आफूबाट अलग गराउने षडयन्त्र भएको उनले बताए।
तर उमेर पुगेपछि हामि एक हुने छौ। हाम्रो प्रेम बसेको एक वर्ष भयो। दुवैको सहमतिमा हामीले वुटवलमा गएर विवाह गरेका हौ। अन्तरजातीय विवाह गरेका कारण धम्की आएको भन्दै प्रकाश र मालतीले असार ४ गते घरबाट हिडेका थिए।
असार २५ मा सामाजिक संजाल (ट्वीटर)मा भिडियो पोष्ट गरेका थिए। त्यसपछि सबैको ध्यान तेता तिर खिचेको थियो। अन्तरजातीय विवाह गरेका कारण परिवारले स्वीकार नगरेपछि जंगलमा लुकेर बस्नुपरेको भिडियोमा बताएका थिए।
रुकुम पश्चिमको घटना दोहोरिने भन्दै धम्कीपूर्ण म्यासेज आएपछि दुवैले ज्यान बचाउको माग गरेका थिए। अन्तरजातीय विवाह गर्न पुगेका जाजरकोटका नवराज विकको गत वर्ष जेठ १० गते रुकुम पश्चिममा हत्या गरिएको थियो।
भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले प्रकाशलाई म्यासेज गरेका थिए। म कैलालीको एसपी हु तपाईं नआत्तिनुस् जंगलमा लुकेर बस्नु पर्दैन म उद्दार गर्न आउँछु । यो म्यासेज प्रकाशले घरमा पुगेपछि पढेका थिए।
उनीहरुको उमेरपनि पुगेको छैन तत्काललाई आफ्नो परिवारलाई जिम्मा लगाईएको छ। अहिले दुवै आ आफ़ो घरमा सुरक्षित छन। किशोर र किशोरी दुवैका परिवारलाई ‘सुरक्षाको निश्चिन्तता’ गरिएको अधिकारिले बताए।