सर्वोच्चले लिक बाहिर धकेलीएको संविधानलाई ट्रयाकमा ल्यायो : देउवा
असार २८ ,काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै यो फैसलाले लिक बाहिर धकेलीएको संविधानलाई ट्रयाकमा ल्याएको प्रतिक्रिया दिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र न्यायपापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताए ।
यस्तै कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन अपिल गरेको छ ।सर्वोच्चको फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्नेमा जोड दिनुपर्ने छ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ ,लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दल, सबै कानून व्यवसायी, भातृ तथा शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश तथा विदेशमा रहेका सबै नेपालीप्रति कांग्रेसले बधाई ज्ञापन गर्दछु ।