एमाले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज
साउन १ काठमान्डौ – नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।ओलीले एकपक्षि ढंगले संचालन गरेको स्थायी कमिटि बैठक रोक्न नेपाल पक्षले आग्रह गरेको थियो। बैठक नरोक्ने ओलीले बताएपछि नेपाल समूहका नेताहरी बाहिरिएका थिए।