शुक्रबार (आज )बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै

विश्वकप फुटबलमा शुक्रबार (आज ) बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै छन् । समुह बी को खेलमा यी दुई टोलीले पहिलो खेल खेल्न लागेका हुन् । खेल नेपाली समय अनुसार शुक्रबार राति ११ः४५ बजे सुरु हुनेछ ।
यी दुई टोलीहरु अहिलेसम्म ३६ पटक भिडेका छन् । जसमा स्पेनले आधा अर्थात् १८ खेलहरु जितेको छ भने केवल छ खेलहरु हारेको छ ।
व्यवस्थापनको हिसाबमा स्पेन केही समस्यामा रहेको देखिएको छ । स्पेनले प्रशिक्षक बर्खास्त गरेपछि भने व्यवस्थापकीय हिसाबमा स्पेन केही कमजोर बन्न पुगेको छ । स्पेनको टोलीमा विश्वकप सुरु हुनुभन्दा एक दिनअघि मात्र बाँकी रहेको अवस्थामा स्पेनको टोलीमा देखिएको समस्याले नकारात्मक प्रभाव पार्नसक्ने देखिन्छ ।
प्राविधिक हिसाबमा अहिले स्पेन निकै बलियो अवस्थामा रहेको छ । रियाल मड्रिड र बार्सिलोनाको मिडफिल्डले स्पेनको टोलीलाई थप बल प्रदान गरेको छ । यद्यपि पछिल्लो समय स्पेनको टोली केही कमजोर भने देखिएको छ ।

सन् २००८ र २०१२ को युरो विजेता टोलीले सन् २०१० को विश्वकप जितेको थियो ।पोर्चुगलको टोली पनि यो विश्वकपको बलियो टोलीमध्येको एक हो । सन् २०१६ को युरो विजेता टोलीले यसपटकको विश्वकपमा राम्रो प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ ।
पोर्चुगलको टोली पनि यो विश्वकपको बलियो टोलीमध्येको एक हो । सन् २०१६ को युरो विजेता टोलीले यसपटकको विश्वकपमा राम्रो प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ ।

यो टोलीमा केही एक्लै पनि खेल जिताउन सक्ने क्षमताका खेलाडीहरु रहेको कारण पोर्चुगलको यात्रा केही सहज हुनसक्छ । यो टोलीले पछिल्लो २९ खेलमा केवल दुई खेलमात्र हारेको छ । जसमा चिलीसँगको कन्फेडेरेसन कपमा बेहोरेको हार पनि सामेल छ ।
पछिल्लो १० खेलमा यो टोलीले ३२ गोल गरिसकेको छ । जसले स्पेनलाई यो खेलमा समस्यामा पार्नसक्छ । यो टोलीका लागि रोनाल्डो, पेपे, ग्युरेरियोजस्ता खेलाडीहरुको प्रदर्शन महत्वपूर्ण रहनसक्छ
