केपी ओली सरकारले कटौती गरेको बकर ईदमा देउवा सरकारले बिदा दिने
साउन ४ काठमान्डौ- सरकारले साउन ६ गते बकर इदको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो।
नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गरेसंगे सरकारले बुधबार बकर इद बिदा दिने निर्णय गरेको हो।केपी ओली सरकारले बकर ईदको बिदा कटौती गरेको थियो। आल निर्माण देउवा सरकारले बिदा दिने निर्णय गरेको हो।
यस्तै बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिने र नि:शुल्क थप खोप उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको पनि कार्कीले बताए ।