हराएको २२ दिनसम्म बिनाको जिउँदो मर्यो केहि खबर छैन परिवार निकै तनावमा
साउन ५ ,चितवन – हराएको २२ दिनसम्म पनि बिना सापकोटाको अत्तो पत्तो लाग्न सकेन। गत असार १४ गते नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी बिना सोहि दिन बाट आजसम्म हराईरहेकि छिन।
घरबाट केहि छिनमा फर्किने भन्दै निस्कीएकि बिना हाल सम्म जिउँदो मर्यो केहि जानकारी हुन नसकेको परिवार श्रोतले जनाएको हो। बिनाका बुबा जयश्वर सापकोटाले दिएको जाहेरीका आधारमा प्रवेशलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
उनको साथबाट बिनाको मोबाईल स्क्रिन फुटेको अवस्थामा फेला परेको थियो। बिना र प्रवेश केहि वर्ष अगाडीबाट एकले अर्कालाई मन पराउने गरेको बुबा जयश्वरले पनि बताए।
उमेर पुगेपछि पारिवारिक सहमतिमा विवाह गरिदिने समेत कुरा चलेको थियो। त्यो दिन एक अर्काले कुरा गरेर केहि छिनमा बिनालाई घरमा ल्याउने भन्दै प्रवेशले स्कुटरमा हालेर लागेका थिए।
घरबाट गएपछि उनीहरुबीचको कुराकानीमा प्रवेशले बिनालाई आफ्नो प्रेमिका रहेको बताएको जानकारी समेत भएको छ त्यसपछि बिना बेहोस समेत भएकि थिइन्।
त्यहि बेलाबाट बिना लापत्ता छिन्। साउन १ गते भने बिना नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा विना कैद भएको भेटेको प्रहरीले जनाएको छ।
रातिको ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको बिनाको खोजतलासमा खटिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए।
विनाले नारायणगढको लीलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर प्रवेशसँग ११ सेकेन्ड कुराकानीसमेत गरेकी थिइन्। विनाले अपरिचित व्यक्तिसंग फोन मागेर प्रवेशसंग कुरा गरेको फेला परेको थापाले जनाए ।
अपरिचित ब्याक्तिसंग कुरा गरेपछि बिना नारायणी नदीको किनारा तर्फ गएको त्याँहाका स्थानिले बताए। रातिमा केटि मान्छे नारायणी नदीतिर गएपछि स्थानीयले एक छिन लाईट बालेर खोजेका थिए,तर उनीहरुले नदेखेको बताए।
नारायणी नदीको किनारमा रहेको बुद्धको मूर्तितर्फ विना गएको स्थानीयले बताएका छन्। अहिले प्रहरीले सो क्षेत्रमा स्थानीयको सहयोगमा खोजि कार्य गरिरहेको छ।
पक्राउ परेका प्रवेश हाल भरतपुर अस्पतालमा छन्। १४ गते घरबाट केहि छिनमा ल्याउने भांड्नेभन्दै बिना घर नफर्कीएपछि र फोन अफ भएपछि १८ गते बाबु जयश्वरले प्रवेशविरूद्ध प्रहरीमा उजुरी दिएका हुन् ।