यातायात व्यवसायिले गरे सडकमा गाडीको र्‍याली प्रदर्शन

साउन ७ ,काठमान्डौ –यातायात व्यवसायीले खोप र भाडा समायोजन लगायतका माग राख्दै काठमाण्डौ उपत्यकामा र्‍याली निकालेका छन् ।भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै गाडीसहित उनीहरुले र्याली निकालेका हुन् ।

इन्धनको भाउ बढे पनि गाडी भाडा समायोजन नगरेको गुनासो गर्दै उनीहरुले तत्काल भाडा समायोजनको हुनुपर्ने बताए ।यस्तै कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई सरकारले राहतको व्यवस्था नगरेको उनीहरुले बताएका छन् ।

उनीहरुले गाडीको बिमा छुट, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप दिनु पर्ने लगायतका माग राखेका छन् ।