बाटो बिराउनेहरुलाई आममाफी भयो आउनुस मिलेर काम गरौ : ओली

काठमान्डौ,- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने बाटो बिराएर अल्पत्र परेका हरुलाई आममाफी भयो आउनुस संगै मिलेर काम गरौ ।

ओलीले एमालेका २२ सांसदलाई स्पस्टिकरण सोधेका थिए । उनीहरुले किनै जवाफ नदिएपछी आममाफी दिने बताए ।

यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड । उनले अघि भने, ‘जे सुकै भएको होस् एम्नेष्टि आउनुस् मिलेर काम गरौं ।