चितवनको घोलमा गोलि हानी ह,त्या गरिएको अवस्थामा पुरुषको शव फेला
साउन ७ चितवन – चितवनको शारदानगरस्थित घोलमा एक पुरूषको शव फेला परेको छ।भरतपुर १७ सिमलडाँडा घोलको पानी भित्र शव फेलापरेको हो।
चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले शव गोली हानी ह,त्या गरिएको हुनसक्ने बताए। घोलमा शव थियो, शव नजिकै गोलीका खोका भेटिएका छन्।
यस्तै उक्त शव शिवपुरी राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत् नेपाली सेनाको महेन्द्र दल गणका हुद्दा भरत गुरुङको रहेको पुष्टि भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
धादिङको निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय गुरुङ मृ,त्युको विषयमा थप अनुसन्धान भइरहेको थापाले बताए।
उनको टाउकोमा गोलि लागेको जस्तो देखिन्छ ।शव नजिकै गोलिको खोका पनि फेला परेको छ उनले भने ।