मनमोहन अधिकारी र के पी ओलीको अनुयायी हुँ,: महेश बस्नेत

साउन ११, काठमान्डौ – नेकपा एमाले नेता सांसद महेश बस्नेतले खगेन्द्र संग्रौलालाई कुनै धम्की नदिएको र आफू धम्की दिने मान्छे पनि नभएको बताएका छन ।

लेखक नागरिक अगुवा खगेन्द्र संग्रौलाले महेश बस्नेतले साईबर सेना लगाएर आफुलाइ मार्ने धम्की दिएको भन्दै आज टुविट गरेका थिए ।

तर सांसद बस्नेतले भने आफू असल संस्कार युक्त परिवामा हुर्केको र राजनीतिमा आग्रजलाई सम्मान गर्ने भएकोले कहिले गलत नबोलेको बताए ।

बस्नेतले भनेका छन । खगेन्द्र संग्रौलाले आज फेरि अर्को गफ दिएछन्। गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।

म भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ, राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले, उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र के पी ओलीको अनुयायी हुँ, सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।

जहाँ सम्म अस्ति २०७८ साउन ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको बिषय छ, न खगेन्द्र बाजेलाई धम्की दिएको छ, न माधव नेपाल कमरेडलाई थर्काएको छ। न तेसो गर्न आवस्यक नै छ।

युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिडनेछ।

बाधा अडचन आइपरे मात्र हटाउनेछ। एमालेको पंक्ति र जनता संग सत्रुता साँध्ने शक्ति वाहेक कोही त्रसित हुन आवस्यक छैन।

युथ फोर्सको गठनले असाहाय, पिडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ।बाँकी कनफ्युजन हटाउन मैले बोलेको सुन्नुहोला बस्नेतले भनेका छन ।