सत्तारुढ गठबन्धनमा यसरी मिल्यो मन्त्रालयको भागबण्डा माधव नेपाललाई शुन्य

साउन १५, काठमान्डौ – सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका हुन।

विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले  काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार भएको एक नेताले बताए ।

उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएकोले अहिलेनै सार्वजनिक गर्न नमिल्ने एक नेताले बताए ।