सुर्खेतको छिन्चुबाट लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थसहित चार जना प,क्राउ

साउन १५ ,सुर्खेत – सुर्खेतको छिन्चुबाट लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ सहित ४ जनालाई प्रहरीले प,क्राउ गरेको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले भेरीगंगा नगरपालिका १० तालवारीस्थित सुर्खेत नेपालगन्ज पक्की सडक खण्डबाट पक्राउ गरेको हो। केहि व्याक्तिहरुले लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थको बेचबेखिन गर्न लागेको विशेष सूचना पाएपछि प्रहरी टोलि खटिएको थियो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ३८ को धनिराम सुनार छन् ,उनले चलाएको भे ४ प ९३३२ नम्बर, १५० सिसिको कालो रंगको पल्सर मोटर साइकलपनि नियन्त्रणमा लिईएको छ।

यस्तै प,क्राउ पर्नेमा मोटरसाईकल पछाडी बस्सने गरेका लेकवेशी नगरपालिका ५ बस्ने अन्दाजी बर्ष २९ को धिरेन्द्र शाही र सोही स्थानमा पैदल हिडिरहेका वीरेन्द्रनगर नगरपालिका १२ का अन्दाजी बर्ष ५२ को हर्क बहादुर सुनार छन् ,.

त्यसतै सल्यान बनगाड कुपिण्डे नगरपालिका ९ बस्ने बर्ष ५५ को भिमसेन भन्ने भिउसने बुढा पनि रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले बताए।

भिमसेन भन्ने भिउसने बुढाले लगाएको कालो रंगको पाइन्टको अगाडीको दाहिने पकेट (खल्ती) मा सेतो रंगको प्लाष्टिक भित्र कागजमा बेरी राखेको निलो रंगको लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ फेला परेको थियो ।

१४० ग्राम तौल भएको उक्त पदार्थ सहित चारै जनालाई आवश्यक कारबाहीको लागी खनिज तथा भूगर्भ कार्यालय वीरेन्द्रनगर पठाईएको घर्तीले जानकारी दिए ।