केपि ओलीले अध्यक्ष नछाडे सम्म पार्टी एकता हुनसक्दैन : रामकुमारी झाक्री

साउन १६, काठमान्डौ – नेकपा एमाले नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी छन् ।शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो बताएकि हुन ।

मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पु¥याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने उनको भनाई छ ।प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भन्दै उनले प्रश्न गरिन।

प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ भन्नू गलत हो झाक्रीले भनिन् । चुनावमा मान्छेले भोट हाल्छन् ? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?

यस्तै एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश भन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।पुष ५ र जेठ् ७ गते प्रतिगमन हो कि जनादेश प्रष्ट हुनै पर्छ उनले भनिन । आफू पार्टी एकता विरोधी नरहेको पनि झाक्रीले बताईन।